यति एयरलाइन्सको जहाज पोखराबाट काठमाडौँ उडेको ६ मिनेटमै आकस्मिक अवतरण

साउन १३, काठमाडौं – पोखराबाट काठमाडौँको लागि उडेको यति एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएको छ।

इन्जिनमा समस्या आएपछि जहाज आकस्मिक अवतरण गरिएको हो।

बिहान साढे ८ बजे पोखरा विमानस्थलबाट उडेको जहाजको ६ मिनेटमा नै इन्जिन फेल भएको संकेत देखिएपछि पोखरा विमानस्थलमा नै आकस्मिक अवतरण गरिएको हो।

पौने ८ बजे उड्नुपर्ने जहाज साढे ८ बजे उडेको थियो। जहाजमा ४५ यात्रु थिए।

पोखरा(काठमाडौँको हवाई दूरी २० मिनेटको हो। उक्त जहाजमा उडेको ६ मिनेटमा इन्जिनमा समस्या आएको हो।