नेपालमा बाघको संख्या ३५५ पुग्यो

साउन १३, काठमाडौं  – नेपालमा बाघको संख्या ३५५ पुगेको छ ।

विश्व बाघ दिवसको अवसरमा सार्वजनिक तथ्यांक अनुसार पछिल्लो ४ वर्षमा १२० थपिएका छन् ।

सन् २०१८ मा नेपालमा २३५ बाघ थिए । अहिले ३५५ पुगेको छ ।

सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् ।