लागु औषध मुद्धामा एक वर्षदेखि फरार कैदी पक्राउ

इमेलखबर, ६ साउन (बांके)

लागु औषध मुद्धामा फरार भएका बांकेका एक कैदीलाई प्रहरीले पक्राउ गरेकोछ ।
कोहलपुर नगरपालिका ८ बस्ने २६ वर्षे गणेश बुढालाई बांके जिल्ला प्रहरीले पक्राउ गरेको हो । बांके जिल्ला अदातले २०७८÷१२÷९ गते फैसला सुनाउदै कैदी बुढालाई २३ दिन थुना राख्ने कैद तोकिएको थियो । एक वर्षदेखि फरार रहेका बुढा बिहिबार पक्राउ गरि अदालतमा बुझाइएको प्रहरीले जनाएकोछ ।