राप्रपा नेपाल सडकमा


इमेलखबर, ६ साउन (काठमाडौं)–

राप्रपा नेपालले शुक्रबार विभिन्न माग सहित विरोध प्रर्दशन गरेकोछ । धर्म निरपेक्षाता खारेज गर्ने, प्रदेश संरचना खारेज गर्ने, भ्रष्टचारीलाई कारवाही, महंगी कालोबजारी नियन्त्रण, रोजगारीको ग्यारेन्टी, विदेशी हस्तक्षेप बन्द र सनातन हिन्दु राष्ट्र कायम गर्ने लगायतका माग सहित विरोध गरेको हो ।

बानेश्वरमा गरिएको विरोध र्यालीमा राप्रपा नेपालका जनवर्गीय संगठन सहभागी थिए । राप्रपाका नेपालका केन्द्रीय सदस्य एवं कानुन विभागका सदस्य सचिव भुपेन्द्र पोखरेलले चर्को महंगी र देशको वेथीति बढ्दै गएकाले जनस्तरबाट खबरदारी गर्न जरुरी रहेको बताए ।