प्रतिनिधी सभामा नागरिकता विद्येयक माथि बहसः लैंगीक विभेद गर्न नपाइने सांसदहरुको आवाज

 

इमेलखबर, ६ साउन (काठमाडौं)
प्रतिनिधी सभामा शुक्रबार  नागरिक विद्येयक सम्बन्धी बहस भएकोछ । वास्तवीक नागरिकको पहिचान गरि नागरिकताको अधिकारबाट बन्चीत नगराउन सभामा उपस्थीत सांसदले आवाज उठाएका छन् । एकिकृत समाजवादी सांसद रामकुमारी झांक्रीले नागरिकताको विषयमा असमानता झेल्नु परेको बताएकी छन् ।
प्रतिनिधीसभामा नागरिक विद्येयकमाथि संशोधन प्रस्ताव राख्दै उनले संविधान निर्माणमै महिला र पुरुषबीच विभेद गरेको सुनाइन् । नेपाली पुरुषले विहे गरे तुरुन्तै नागरिकता दिने, नेपाली आमाले जन्माएकी छोरीमाथि विभेद हुने ? उनले नागरिकतामा लैंगीक समानता हुन जरुरी रहेको बताइन् ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जन्मको आधारमा वंशजको नागरिकता प्रदान गर्नु जटिल अवस्था खेप्नु पर्ने बताएकी छन् । यसले धेरै नेपालीहरु अल्पमतमा पर्ने जोखिम रहेको उनले सुनाइन् । नेपालको भुराजनीतिक कारण देखाउनै यसो गर्न नहुने उनको तर्क छ ।
नेकपा एमाले सांसद भीम रावलका अनुसार सरकारले नागरिकतामा छल गरेको छ । उनले संसदमा नागरिक विद्येयमाथि संशोधन प्रस्ताव राख्दै सम्बन्धीत समीतिमा नपठाई पारित गर्न गलत रहेको बताए । शुक्रबार नागरिक विद्येयक संशोधनमाथि थुप्रै सांसदले धारणा राखेका थिए ।