ट्र्याक्टरले किच्दा बालकको मृत्यु

साउन ६, भोजपुर  – भोजपुर नगरपालिका–१२ छचौतारामा ट्र्याक्टरले किच्दा बालकको ज्यान गएको छ । बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे१त ७४४४ नंको ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिए। ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुुसन्धान थालेको उनले बताए । बालकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।