द्रौपदी मुर्मू बनिन् भारतको १५ औँ राष्ट्रपति

साउन ६, एजेन्सी  – भारतको १५ औँ राष्ट्रपतिको रूपमा द्रौपदी मुर्मू निर्वाचित भएकी छिन् ।

विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् । उनी भारतको राष्ट्रपतिमा निर्वाचित पहिलो आदिवासी महिला हुन् । द्रौपदीको विजयले आदिवासी समुदाय र विशेष गरी महिलाहरूलाई विशेष सन्देश जाने भाजपाको अपेक्षा छ ।

भाजपाले नतिजापछि दिल्लीमा विजयी जुलुस निकाल्ने घोषणा गरेको छ । राष्ट्रपतिको जितपछि र्‍याली निकाल्न लागिएको यो पहिलो पटक हो । बीजेपी अध्यक्ष जेपी नड्डाले राजपथसम्म सो जुलुसको नेतृत्व गर्ने जनाइएको छ । यही कारणले जितपछि पोस्टरमा द्रौपदी मुर्मुसँग अन्य नेताको तस्बिर नराख्न पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिइएको छ ।