कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

चैत ११, काठमाडौं –सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार दिउँसो बस्दैछ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रीय हुने बताइएको छ। बैठकमा गठबन्धन, उम्मेद्वारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतमा छलफल हुने नेताहरुले बताएका छन् ।
कांग्रेसले फागुन २९ देखि थालेको घरदैलो अभियान चैत २९ मा सकिँदैछ। हालसम्मको प्रारम्भिक समीक्षा पनि हुनेछ।

सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकिसकेका छन्।