फिफा विश्वकप छनोट –ब्राजिलको फराकिलो जित

चैत ११, एजेन्सी –  फिफा विश्वकप छनोटमा ब्राजिलले फराकिलो जित निकालेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई ४–० गोल अन्तरले हराएको हो ।

यस जितसँगै ब्राजिलले १६ खेलमा ४२ अंक जोडेको छ ।ब्राजिल शीर्ष स्थानमा रहेको छ ।

ब्राजिल यस अघि नै विश्वकपमा छनोट भईसकेको छ । चिली १९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।