‘ए मेरो हजुर ४’ को ट्रेलर रिलिज (भिडियो)

चैत ११, काठमाडौं  – फिल्म ‘ए मेरो हजुर ४’ को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरलाई युट्युब च्यानल बुढा सुब्बा डिजिटल बाट केही समय अघि रिलिज गरिएको हो  । सार्वजनिक ट्रेलरमा प्रेम , कमेडी र रोमान्सलाई देखाइएको छ

ट्रेलरमा फिल्मका मुख्या कलाकार सुहाना थापा , अनमोल केसी , रबी गिरी , सलोन बस्नेत , सरोज खनाल लगायतलाई देखाइएको छ ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्मको कथा निर्देशक झरना थाप लेखेकी हुन् ।

पटकथा र संवादमा उनलाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतीक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । फिल्म वैशाख १ गते बाट रिलिज हुँदै छ।