चलचित्र ‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक

फागुन ५,काठमाडौं – चलचित्र ‘लप्पन छपन २’ को ट्रेलर सार्वजनिक भएको छ । मुकुन्द भट्टको निर्देशन रहेको फिल्मको ट्रेलरलाई केही समय अघि ओ एस् आर डिजिटल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।

एक्सन जनरामा निर्माण गरिएको फिल्मको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको रहेको छ । स्वदेश सँगै विदेशमा छायाङ्कन गरिएको फिल्म गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेसन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको सहकार्यमा निर्माण गरिएको हो ।