ए डिभिजन लिग – आज दुई खेल हुँदै

फागुन ५, काठमाडौं – कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन् ।

लिगको ११ औं चरण अन्तर्गत आज दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र मनाङबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।