‘ए’ डिभिजन लिग – पुलिस र ब्रिगेड भिड्दै

पुष २६, काठमाडौं – ‘ए’ डिभिजन लिग अन्तर्गत आज नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल १ः०० बजे सुरु हुनेछ ।

पुलिस ७ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ । ब्रिगेड ७ खेलमा ५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।