राष्ट्रिय सभा निर्वाचन- १९ सदस्य पदका लागि ४३ जना उम्मेदवारबीच प्रतिस्पर्धा

पुष २६, काठमाडौं – अगामी माघ १२ मा सम्पन्न हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ४३ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।  फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि  ९ दलका   ४३ जनाको उम्मेदवारी परेको हो ।

निर्वाचनका लागि प्रदेश सभा सदस्यहरु ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु १ हजार ४ सय ९३ गरी जम्मा २ दुइ हजार २५ जना मतदाता कायम छन्। राष्ट्रियसभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्य छन् ।