प्रधानमन्त्री देउवा आइसोलेसनमा, प्रचण्ड र नारायणकाजी संक्रमीत

पुस, २५ काठमाडौ
प्रधानमन्त्री शेरबहादुर देउवा कोरोना संक्रमण पुष्टि नभएपनि आइसोलेसनमा बसेका छन् । त्यस्तै, अन्य शीर्ष नेता नकेपा(माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलाई भने कोरोना संक्रमण पुष्टि भएकोछ । त्यसैले प्रधानमन्त्री देउवा कन्टयाक्ट ट्रेसिंगमा परेका हुन् । शनिबारदेखि नै देउवा आइसोलेसनमा बसेको प्रधानमन्त्री सचिवालयले जनाएकोछ । यद्यपी उनमा संक्रमणको कुनै पनि लक्षण देखिएको छैन ।
प्रचण्ड शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेर फर्किएपछि संक्रमीत भएका हुन् । संक्रमीत भएको खबर पाएपछि देउवा आइसोलेनमा बसेका हुन् ।