एमाले कपिलवस्तुको अध्यक्षमा शर्मा र सचिवमा गहतराज निर्वाचित

पुस, बुटबल–
नेकपा एमालेको कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा अध्यक्षका लागि २ सय ३८ मत ल्याउदै शर्मा निर्वाचित भएका थिए ।
शर्माका प्रतिस्पर्धी बाबुराम खनालले १८ सय ६ र नेत्र अधिकारीले १ सय मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने विश्राम प्रसाद थारु निर्वाचित छन् । त्यस्तै, सचिवमा १ सय ७८ मत सहित चन्द्र बहादुर(सीबी) गहतराज विजयी भए ।