नम्रता र दिनेशको ‘के छ तिम्रो विचार’ सार्वजनिक

मंसिर २७, काठमाडौं – गायिका मेलिना राई र कृष्ण काफ्लेको स्वरमा ‘के छ तिम्रो विचार’ बोलको गीत सार्वजनिक भएको छ ।

दीपराज थापाका शब्द लेखन् रहेको गीतमा सोनाम बज्यूको लय सिर्जना तथा संगीत संयोजन रहेको छ । कलाकार दिनेश काफ्ले र नायिका नम्रता सापकोटा फिचर्ड रहेको यस् भिडियोलाई शिशिर खातीले गरेका हुन् ।

मिलन बिकको सहनिर्देशन रहेको गीतको छायांकन शुसान प्रजापतिले गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् ।