कांग्रेस महाधिवेशन वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा मतदान नगर्ने

मंसिर २७, काठमाडौं – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनमा मतदान नगर्ने भएका छन् ।

पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेद्वार हुनुपर्ने अडानमा थिए। उनी पनि सभापतिका आकांक्षी थिए। तर सहमति जुटन् नसकेपछि पौडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिए नै मतदानमा नै सहभागी नहुने घोषणा गरे।

महाधिवेशनमा सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा छन्। १३४ पदका लागि आज चुनाव हुँदैछ ।

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन्।