स्पेनिस ला लिगा –फुटबलमा रियल मड्रिडको सहज जित

मंसिर २७, एजेन्सी –स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा खेलको १६ औँ मिनेटमा करिम बेन्जिमाले गोल गरे भने मार्क्रो एसेन्सिओले खेलको ५७ औँ मिनेटमा गोल गरे ।

जितसँगै शीर्ष स्थानमा रहेको रियल मड्रिडले ४२ अङ्क जोडेको छ । एथ्लेटिको मड्रिड भने २९ अङ्कका साथ चौथो स्थानमा छ ।