एमाले महाधिवेशनः राति २ बजेबाट मतदान जारी

मंसिर १४, चितवन –नेकपा (एमाले)को १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सौराहामा मंगलबार बिहानबाट मतदान जारी छ।

राति २ बजेबाट मतदानको कार्यतालिका तय भए पनि बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको हो । पहिलो मत एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका छन्। उनी अध्यक्षका उम्मेदवार हुन्। ओलीसँग उपाध्यक्ष भीम रावल चुनावी प्रतिस्पर्धामा छन्।

अध्यक्षका उम्मेदवार रावल लगायतका नेताहरूले सुरूवातमा मतदान गरेका थिए। यसअघिको कार्यतालिका अनुसार बिहान ८ बजेसम्म मतदान हुनेछ।