‘कहाँ जाने हो कहाँ’ -मा पुजा र आकाशको अभिनय (भिडियो)

मंसिर १४, काठमाडौं -कहाँ जाने हो कहाँ’गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा एकसाथ देखिएका छन् ।

मेलिना राई र प्रवीण भेडवालको स्वर रहेका उक्त गीतमा गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।

भिडियोमा शिलन लम्सालको सम्पादन, उत्सव दाहालको छायांकन, स्टेप अप एन्ड आर्टस् एकेडेमीको कोेरियोेग्राफी छ ।

यो गीतलाई अर्जुनले फिल्मी शैलीमा तयार पारेका छन् । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।