प्रकाश र मिरुनाको ‘तिम्रै हुन मन लाग्यो’ (भिडियो)

असोज २४, काठमाडौं – गायिका मेलिना राईको आवाजमा समावेश गीत ‘तिम्रै हुन मन लाग्यो’ इन्टरनेट रिलिज भएको छ ।

बसन्त सापकोटाको संगीत र शब्दमा तयार गरीएको गीतको भिडियोलाई युट्युब च्यानल ओ.एस. आर बाट रिलिज गरीएको हो । भिडियोलाई कैलाश राईको निर्माण गरेका हुन् ।

देबेन्द्र बब्लुको निर्देशनमा बनेको भिडियोलाई अनिल के.मानन्धरले खिचेका हुन् भने सम्पादन प्रविण भट्टको छ ।

भिडियोमा गायक तथा कलाकार प्रकाश सपुत र नायिका मिरुना मगरले अभिनय गरेका छन् ।