च्याङ्ग्राको माग पनि उच्च , मूल्य पनि उच्च

असोज २४, गलकोट- आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आइपुगे । वडा दशैमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ ।

यसपटकको दशैमा उनले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ  भित्रिएका छन् । जिल्लाका एक दर्जन व्यापारी दशैका अवसरमा भेडा च्याङ्ग्रा लिन हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने गरेपनि यसपटक थोरै व्यापारी मात्रै हिमालपारी च्याङ्ग्रा लिन पुगेका छन् । तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङका सीमित च्याङ्गा भेडा बजार ल्याइएको छ ।

अहिले मुस्ताङका अधिकाँश भेडा च्याङ्ग्रा पोखरा पु¥याइने गरेको छ । केही वर्ष अघि सम्म बागलुङमा मात्रै दुइदेखि तीन हजार भेडा च्याङ्ग्रा भित्रिने भएपनि अहिले त्यसको संख्या घटेर पाँच÷सात सयमा झरेको छ ।

मुस्ताङमै भेडा च्याङ्ग्राको मुल्य बढी भएका कारण थोरै मात्रा भेडा च्याङ्ग्रा लिएर बागलुङ आएको व्यापारी खत्रीले बताए ।
‘मुस्ताङमै एउटा च्याङ्ग्राको मुल्य ३२ हजार प¥यो, एक दुई हजार नाफा खानै प¥यो बागलमा ३६ हजारमा च्याङ्ग्रा बिक्री गर्ने योजना रहेको छ ।’ उनले भने ‘च्याङ्ग्रीलाई समेत १७ हजार बढी मुल्य पर्ने भएको छ, आठ दिनको हिडाई निकै कष्टकर छ, तिब्बतबाट च्याङ्ग्रा नेपाल नआए आगमी दिनमा च्याङ्ग्राको मुल्य छोइ नसक्नु हुने छ ।’ मुस्ताङ पुगेका व्यापारी महेन्द्र केसी र अम्मर बहादुर क्षत्रीले बागलुङ तर्फ च्याङ्गा लिएर आउदै छन् ।

अहिले जिल्लामा च्याङ्ग्राको मासु प्रति केजी रु. एक हजार ८०० कारोबार शुरु भएको छ । हिमालीक्षेत्रमा जडीबुटी खाएर हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिष्ट हुने गर्दछ । अन्य चाडपर्वमा खसी बोका र कुखुराको मासुको माग हुँने भएपनि वडा दशैमा च्याङ्ग्राको मासु खाने तथा कोसेली लैजाने परम्परा समेत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *