एएफसी महिला एसियन कप छनोट – नेपालले आज हङकङविरुद्ध खेल्दै

असोज ५, काठमाडौं – एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज मंगलबार हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले हङकङविरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

समूह एफ मा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्सविरुद्ध खेलेको थियो। जुन खेलमा नेपाल २–१ ले पराजित भएको थियो। अन्तिम केहि मिनेट सम्हालिन नसक्दा नेपाल सुरुवाती अग्रता बनाएर पनि पराजित भएको थियो।

यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।