ओट्स खानुका यस्ता छन् फाइदा

असोज ५, काठमाडौं  – पछिल्लो समय ओट्स सस्वास्थ्यलाई राम्रो र स्वादमा मीठो भएरै यसको प्रचलन बढ्दो छ । यसमा शक्ति दिने, तन्तुहरूको मर्मत÷सम्भार गर्ने र रोगप्रतिरोधात्मक क्षमता बढाउन आवश्यक एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ । यसमा प्रोटिन पनि धेरै हुन्छ । खनिज तत्व, पोटासियम, कपर, म्याग्नेसियम, फस्फोरस, फलाम तत्व, जिंक, भिटामिन ‘बी १’, ‘बी २’, ‘बी ३’, ‘बी ६’, ‘बी ९’ र फाइबरलगायतका पौष्टिकतत्व पनि यसमा पाइन्छ ।

ओट्स खानुका फाइदाहरु निम्न छन् ।

अरू अन्नको तुलनामा ओट्समा क्यालोरी बढी पाइन्छ । चिसो मौसममा यो खान बढी उपयुक्त मानिन्छ ।

ओट्स ब्रेकफास्टमा खाने गरिन्छ । जाडोमा दैनिक आवश्यक पर्ने क्यालोरीको १० देखि २० प्रतिशतसम्म खाइने भएकाले ओट्स प्रयोग गर्नु स्वास्थ्यवर्द्धर्क मानिन्छ । अरु बेला कम क्यालोरी भएको खानाको छनोट गर्नुपर्छ ।

ओट्समा अरु अन्नभन्दा बढी मात्रामा प्रोटिन पाइन्छ । प्रोटिनले शरीरबाट निकाल्ने रस (इन्जाइम, हर्मोन) उत्पादनमा मद्दत गर्छ ।

ओट्समा पाचनक्रिया ठीक राख्ने धेरै रेसा पाइन्छन् । विशेषतः कब्जियत, कोलेस्टेरोल, प्रेसर, थाइराइड, मुटुको रोग र ठूलो आन्द्राको क्यान्सरजस्ता रोग अव्यवस्थित पाचन प्रक्रियाका कारणबाट हुने भएकाले ओट्सको उपभोगले शरीरलाई फाइदा पु¥याउँछ ।

ओट्समा मिनेरल्स प्रशस्त पाइने भएकाले यसले शरीरमा इलेक्टोलाइट्सलाई सन्तुलन गर्छ, रक्तचाप व्यवस्थित गर्छ र मधुमेह बढ्न दिँदैन ।