यसरी गरौं युरिक एसिडको नियन्त्रण

भदौं १३, काठमाडों -हामीले दिनहुँ सेवन गर्ने खाद्यपदार्थ पाचन हुने क्रममा शरीरमा उत्पादन हुने विकार तत्व ‘युरिक एसिड’को मात्रा रगतमा सामान्यभन्दा बढी देखा परेर विशेषतः जोर्नीहरुमा असर भएको अवस्थालाई युरिक एसिड बाथ भनिन्छ । आधुनिक जीवनशैली एवं खानपानले धेरैजना युरिक एसिडको समस्याले पीडित छन् ।

दीर्घकालीन रोगका रूपमा लिइने युरिक एसिडबाट जोगिन निम्न उपाय अपनाउनुपर्छ।

–मासुजन्य खाद्यपदार्थमा प्युरिन हुन्छ, जसको सेवनले युरिक एसिड बढाउँछ । खासगरी रातो मासुको उपभोग कम गर्नुपर्छ । कलेजो, किड्नी, मुटु आदिको उपभोग सकेसम्म घटाउनुपर्छ ।

–मिर्गाैलाको संचालन प्रभावकारी नहुँदा युरिक एसिडको मात्रा बढ्छ । त्यसैले दिनहुँ कम्तीमा १० गिलास पानी पिउनुपर्छ।

–क्याल्सियमयुक्त खानाको सेवन बढाउनुपर्छ । केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती आदि नियमित रूपमा सेवन गर्नुपर्छ।

–अल्कोहल, कोक, फेन्टा, स्प्राइट, पेप्सी, मिरिन्डाजस्ता सफ्ट ड्रिंकको सेवन घटाउनुपर्छ।

–शारीरिक व्यायाम नियमित गर्नुपर्छ।