चलचित्र ‘लाइफ इन एलए’ को पोस्टर सार्वजनिक

भदौं १३, काठमाडौं – फिल्म ‘लाइफ इन एलए’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा मुख्य कलाकार ब्यास बिस्सुलाई अभिनेत्री शिल्पा मास्केसँग रोमान्टिक अवतारमा देख्न सकिन्छ भने दोस्रो पोस्टरमा अभिनेत्री अकेशा विष्ट छिन् ।

चलचित्र सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् ।फिल्मका निर्माता व्यास बिस्सु र राजेन्द्र ठकुरी हुन् भने संसार सुवेदी कार्यकारी निर्मातामा रहेका छन् ।

शिल्पा मास्के र गौरव पहारीको अलावा फिल्ममा अकेशा विष्ट, व्यास बिस्सु, जेरेड विलप्स, बुद्धि तामाङ, विष्णु गौतम लगायतको मुख्य भूमिका रहेको छ ।