वर्षामा सौन्दर्य जोगाउने ४ टिप्स

साउन २०, काठमाडौं – वर्षामा हाम्रो स्किन बारम्बार भिज्ने भएका कारण हामीले यसलाई जोगाउन ध्यान दिन एकदम जरुरी छ । बर्षामा के कसरी सौन्दर्य टिकाउन सकिन्छ त ? हामीले केहि टिप्सहरु प्रस्तुत गरेका छौं ।

सरसफाईमा ध्यान दिनेः वर्षाको मौसममा तपाईले हात, अनुहार र खुट्टाको सफाईमा विशेष ध्यान दिनुपर्छ । सम्भव भएसम्म दिनमा दुईपटक राम्रो फेसवासले अनुहार सफा गर्नुपर्दछ ।

टोनिङ गर्नुः वर्षाको मौसममा छालाको रोम छिद्र बन्द हुने संभावना रहन्छ । त्यही कारण अनुहारमा मुसा, घाउ खटिरा आदि आउन सक्छ । त्यसैले कुनै राम्रो एन्टि ब्याक्टेरियल टोनर प्रयोग गर्नुहोस् । टोनरको स्थानमा गुलाब जलको पनि प्रयोग गर्न आवश्यक हुन्छ ।

मोश्चराइजेशन गर्नुः वर्षामा छालालाई पोषणको जरुरी हुन्छ । वर्षामा पटक–पटक पानीमा भिज्दा छाला खस्रो वा सुक्खा भइसकेको हुन्छ । यस्तोमा मोश्चराइजर लगाउनु लाभदायक हुन्छ । सम्भव भएसम्म आयल नभएको मोश्चराइजर लगाउनु पर्दछ ।

घामबाट बच्नुः पानी परिसकेपछि जब घाम लाग्छ, त्यो धेरै चर्को हुन्छ । त्यसैले पानी परिकसेपछिको घामबाट बच्नुपर्छ । यसका लागि सन स्कीन क्रिम लगाउनुपर्छ । यसले घामको अल्ट्रा भाइलेट किरणबाट छालालाई सुरक्षित राख्छ ।