नयाँ जीवनमा प्रकाशको अभिनय

साउन १६, काठमाडौं  – गायक राम कृष्ण ढकाल र बेनिशा पौडेलको आवाजमा गीत नयाँ जीवन  सार्वजनिक भएको छ।  निशा अर्यालको शब्द रचना रहेको गीतमा संगीत दीपक शर्माले भरेका छन्  विक्रम स्वारको निर्देशन रहेको भिडियोको दृश्य कैद नवराज उप्रेतीले गरेका छन् ।

भिडियोमा प्रकाश सपुत,कालु राणा,मोनिका बुढाथोकी र कृष्णको अभिनय रहेको छ । सार्वजनिक भिडियोलाई बुढासुब्बा डिजिटल युट्युब च्यानल मार्फत हेर्न सकिने छ।