एन आई सी एशियाद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी

असार ३०, काठमाडौ – एन आई सी एशिया बैंकले ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ ।

यस बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोल्नु भएको दमक–५, झापा निवासी ४४ वर्षिय गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको हो ।

उनलाई यस बैंकको प्रदेश १ का डेपुटी पिएइ श्री प्रकाशचन्द्र अधिकारीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन । उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको छ ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४८५ जना भन्दा बढी ग्राहकले बीमा वापतको रू. ३ करोड २० लाख भन्दा बढी रकम प्राप्त गरिसकेको वैकले जनाएको छ ।