माधव नेपाल भन्छन् -२३ सांसदको हस्ताक्षर कायमै छ, गलत व्याख्या मान्य छैन

असार २८, काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी दलमा भएको १० बुँदे सहमति विपरीत गलत व्याख्या भएको बताएका छन् । नेता नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आफ्नो समूहका २३ सांसदको हस्ताक्षर कायमै रहेको बताए । उनले सामाजिक सञ्जमलमा स्टाटस लेख्दै सो कुरा बताएका छन् ।

यस्तो छ उनको स्टाटस

हिजो राती नेकपा ९एमाले०को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ ।

अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा ९एमाले०का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।