युरोकपको उपाधि इटालीलाई

असार २८,काठमाडौं – युरोकप २०२० को उपाधि इटालीले जितेको छ । इंग्ल्याण्डलाई घरेलु मैदानमा स्तब्ध पार्दै इटालीले युरोकपको उपाधि जितेको हो ।

निर्धारित समयमा दुवै पक्षले एक, एक गोल गरेपछि थपिएको अतिरिक्त समयमा पनि कुनै गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

जसमा इटालीले ३-२ गोल अन्तरले इंग्ल्याण्डलाई हराएको थियो । खेलको सुरुवातमै इंग्ल्याण्डले गोल गरेको भएपनि ६६ औं मिनेटमा इटालीले गोल फर्काएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *