राष्ट्रिय फुटसल प्रतियोगिता अगष्ट ७ तारिखबाट

असार २४, काठमाडौं – अखिल नेपाल फुटबल संघको आयोजनामा हुने ए डिभिजन राष्ट्रिय फुटसल लिग अगष्ट सात तारिखबाट सुरु हुने भएको छ ।

कोभिडका कारण लकडाउन हुँदा जेठमा हुने भनिएको प्रतियोगिता स्थगित भएको थियो ।
तर अब एन्फाले यो प्रतियोगता साउन २३ गतेबाट गर्ने भएको हो । १० वटा टिमले यो प्रतियोगितामा सहभागिता जनाउनेछन ।

पोखराको रंगशालामा रहेको कर्भडहलमा हुने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउनेछ ।