एमाले कार्यदलको बैठक स्थगित,साँझ पुनः बस्ने

असार २४,काठमाडौं – सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक साँझ सात बजेसम्मका लागि स्थगित भएको छ ।

सिंहरबारमा आज केही बेर छलफल गरेपछि साँझ सात बजेसम्मका लागि बैठक स्थगित भएको बताइएको छ ।

एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा अध्यक्ष केपी ओली समूहबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।

यता नेपाल समूहबाट भीम रावलको संयोजकत्वमा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।