अधिवक्ता भोजराज आचार्य भन्छन्, ‘ओलीले निर्वाचन गर्न लागेका हुन्,सत्ता कब्जा होइन’

असार १८, काठमाडौ  -प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी भोजराज आचार्यले प्रधानमन्त्री ओलीले निर्वाचन गर्न नै लागि घोषणा गरेको बताएका छन् । उनले ओलीले सत्ता कब्जा गर्न नखाजेको पनि तर्क गरे ।

प्रतिनिधि सभा विघटन मुद्दामा शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उनले ओलीले सत्ता कब्जा वा राष्ट्रपति शासन लगाउन लागेको नभई निर्वाचन गर्न लागेको बताएका हुन्।

आचार्यको दाबी छ, न‍ेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका सांसदहरूको हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी गर्नु जानु बौद्धिक अपहरण हो ।