युरोकपमा आज दुई खेल हुदै

 

असार ६ , एजेन्सी – युरोकपको १६ औं संस्करणमा आज दुई खेलहरु हुने भएका छन् ।

युरोकपको समूह चरण अन्तर्गत आज समूह ए को दुई खेल हुनेछ । जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ ।

रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । इटाली र वेल्सबीचको खेल राति ९-४५ बजे सुरु हुनेछ ।

इटालीले २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा स्वीजरल्याण्ड र टर्कीबीच खेल हुनेछ । बाकुमा हुने खेल राति ९-४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीजरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो । टर्की समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन