राहत बितरणमा ब्यस्त स्वेता

असार ६ काठमाडौ –  नायिका स्वेता खड्का यतिबेला बाढीपिडितलाई राहत बाड्न सिन्धुपाल्चोक पुगेकी छन् । पिडितका लागी नायिका उनले अगुवाइमा राहत सामाग्री सहयोग गरिएको छ ।

बाढीका कारण अलपत्र परेका स्थानीयलाई राहात सामाग्री सहयोग गर्नका लागी नायिका स्वेता खड्का, व्यवसायी विजेन्द« खड्का, व्यवसायी विनोद खड्का सहितको टोली हेलिकप्टर मार्फत त्यहाँ पुगेकी छन् । साथै विपद्को घडीमा आफूले सहयोगको पाइला अघि सारेको र यसमा हातेमालो गर्न सबैसँग अपिल गरेकी छिन् । यो बर्षको मनसनु सुरु भए संगै सिन्धुपाल्चोक जिल्लामा प्राकृतिक विपद्ले धेरै क्षती पुर्याएको छ ।

मेलम्ची क्षेत्रमा विनाशकारी बाढीका कारण हेलम्बु र मेलम्ची क्षेत्रका कैयौँ सर्वसाधारण विस्थापित भए भने केही व्यक्तिको मृत्यु भएको छ ।