प्रजिअहरुको आज बैठक बस्दै, उपत्यकामा लकडाउन खुकुलो बनाउने तयारी

असार ६, काठमाडौं – काठमाडौं उपत्यकामा लकडाउन खुकुलो बनाउने तयारी गरीएको छ । उपत्यकाभित्रका प्रजिअहरुको लकडाउनबारे छलफल गरी निर्णय लिने भएका छन् । अब समय तोकेर अन्य पसलहरु पनि खुल्ने बातारण बनाइने बताइएको छ ।

खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन्। बिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिने जस्ता बिकल्प अघि सार्दे कोरोना निर्देशक समितिको बैठकले असार दोस्रो सातादेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो। यस बिषयमा प्रजिअहरुले निर्णय लिने भएका छन् ।