कालीगण्डकीमा पानीको वहाव उच्च बिन्दुमा पुगेछि पर्वतको सेतीवेणीबजार डुबानमा

असार १, काठमाडौ – अविरल वर्षाका कारण सेतीवेणी वजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको स्याङ्जातर्फको बजार डुबानमा परेको हो ।

कालीगण्डकीमा पानीको उच्च विन्दुमा पुगेपछि बजार पूर्णरूपमा डुबानमा परेको छ । बजार क्षेत्र डुबानमा पर्न थालेपछि केहि घर विस्थापित बनेका छन् ।

बजार र शिला क्षेत्र डुबानमा परेसँगै उक्त स्थानका वासीन्दा आतङ्कीत बनेका छन् । नदीको बहाब उर्लिएर बजार क्षेत्रमै आइपुगेपछि व्यावसायीसुरक्षित स्थानमा सामान सार्न थालेका छन् । शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचनासमेत डुबाएको छ ।

बजारवासीलाई संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबीयनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधार पनि पूर्णरूपमा क्षति पुगेको खवर आएको छ । सुरक्षा निकायले स्थानीयलाई सुक्षित ठाउँमा राख्न प्रयास गरेको वताइएको छ।