कर्णाली सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिइने

जेठ २८, काठमाडौ-  नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलावजङ्ग शाहले सरकारमा सहभागी मन्त्रीलाई हट्न निर्देशन दिने बताउएका छन । फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएका एमालेका चार सदस्यलाई तत्काल राजीनामा दिएर सरकार छाड्न निर्देशन दिइने शाहले बताउए । दलको बैठक बसेर तत्काल सरकारबाट बाहिरिन निर्देशन दिइने उनले जानकारी दिए ।

अदालतको फैसलाअनुसार चारै जना एमालेको प्रदेशसभा सदस्य भएकाले अब दलको ह्विप मान्नुपर्ने शाहको भनाइ छ । एउटा दलको चुनाव चिह्नबाट चुनाव जितेर आएपछि म त्यो दलको होइन म नीतिनियम मान्दैन भन्न नपाउने भएकाले पार्टी र संसदीयदलको विधानअनुसार चल्नुपर्ने उनको तर्क छ । दल बदलको कानूनअनुसार कारबाही गरिएको उल्लेख गर्दै उनले भने, “कि सरकार छाडेर दल मातहत आउनु प¥यो नत्र कारबाहीको भागेदार हुनुप¥यो ।”