भारतद्वारा इन्डोनेसियालाई कोविड-राहत सहयोगका लागि धन्यवाद ज्ञापन

काठमाडौ- भारतको विदेश तथा संसदीय मामिला राज्यमन्त्री वी. मुरलीधरन र इन्डोनेसियाका विदेश मन्त्री महेन्द्र सिरेगर बीच बुधवार आयोजित भर्चुअल बैठकमा भारतीय मन्त्रीले कोविड १९ महामारी संग लड्न भारतमा आपूर्ति गरिएका राहत सामग्रीका लागि इन्डोनेसिया सरकारलाई धन्यवाद दिए।

इन्डोनेसियाले महामारीको दोस्रो लहरमा कोविड-राहत सामग्री प्रदान गरेर भारतलाई सहयोग पुर्‍याएको थियो।जुन १० मा १४०० युनिट अक्सिजन सिलिन्डरको ढुवानी भारत पुगेको थियो। कन्टेनरहरूको यो आगमन अघिल्लो २०० अक्सिजन कन्सनट्रेटर को पूरक हुनेछन् जुन मे १२ मा नयाँ दिल्ली आइपुगेको थियो।

भारत र इन्डोनेसिया बीचको द्विपक्षीय सम्बन्ध दुबै पक्षबाट नियमित भ्रमणले सुमधुर बनेको छ। गत वर्ष महामारी सँग लडिरहेको इन्डोनेसियालाई भारतले राहत सामग्री प्रदान गरेको थियो।

भेटका क्रममा दुबै नेताहरूले विस्तृत क्षेत्रमा फैलिएको भारत र इन्डोनेसिया बीच को द्विपक्षीय सम्बन्धको समीक्षा गरे।

विदेश मन्त्रालयका अनुसार उनीहरूले क्षेत्रीय मुद्दाहरु र बहुपक्षीय क्षेत्रमा समर्थन वृद्धि का बारे पनि छलफल गरे।

दुबै नेताहरूले भारत इंडोनेशिया बृहत रणनीतिक साझेदारीलाई अझ मजबुत बनाउन प्रतिबद्धता व्यक्त गरे, बयानमा भनिएको छ।आइएनएन