प्रकाश सपुत र मेलिना राईको स्वरमा ‘प्रार्थना’

काठमाडौं  – गायक प्रकाश सपुतले मेलिना राईसँग मिलेर नयाँ गीत ‘प्रार्थना’ बजारमा ल्याएका छन्।

अशोक शेरचनको शब्द रहेको गीत प्रकाशकै संगीत र योगेश काजीको संगीत संयोजनमा तयार भएको हो ।

प्रवेश पौडेलको निर्देशनमा तयार भिडियोमा गायक प्रकाश सपूत, गायिका मेलिना राई लगायतको अभिनय छ ।