यस्तो बन्यो ‘प्रेमगीत २’ को ट्रेलर भिडियोसहित

बैशाख ३०, काठमाडौं -अभिनेत्री शिल्पा पोखरेल अभिनीत भोजपुरी फिल्म ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक भएको छ । नेपाली मूलका सोनु खत्रीको निर्देशन रहेको ‘प्रेम गीत २’ मा शिल्पा र भोजपुरी स्टार प्रदीप पाण्डे मुख्य भूमिकामा छन् ।

रत्नाकर कुमार प्रस्तुतकर्ता रहेको फिल्ममा हरि घले लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व समावेश गरिएको छ । स्टार पाण्डे सङ शिल्पाले दोश्रो पटक सहकार्य गरेकी हुन् ।