एमालेद्धारा माधव नेपालसहित चार नेतामाथिको कारवाही फिर्ता

बैशाख ३०,काठमाडौं –नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फिर्ता गरेको छ।

आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फिर्ताे गरेको हो ।

पार्टीको वृहत्तर एकतालाई ध्यानमा राखेर बैठकले चार नेतामाथिको ६ महिनाको निलम्बन फुकुवा गरिएको बताइएको छ ।