आईपीएल अनिश्चितकालका लागि स्थगीत

आईपीएल क्रिकेटका खेललाई अनिश्चितकालसम्मका लागि स्थगीत गरिएको छ ।


खेलाडीहरू कोरोना भाइरस संक्रमित हुन थालेपछि आईपिएलको जारी संस्करण स्थगीत गरिएको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले एक विज्ञप्ति जारी गर्दै आईपीलका खेलहरू अनिश्चितकालका लागि स्थगीत गरिएको बताएको हो ।

कोरोना संक्रमणको प्रभावलाई लिएर आईपीएल र बीसीसीआईका अधिकारीहरूको आपत्कालीन बैठकले तत्कालका लागि आईपीएलका खेल रोक्न निर्णय गरेको हो ।