बाँकेमा थप ६ जनाको मृत्यु

बैशाख २१,बाँके -बाँकेमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

 

कोरोना संक्रमणबाट बाँकेका चार र कैलालीका दुई जना गरी थप ६ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका–१० का ५२ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मंगलबार बिहान ९ बजे मृत्यु भएको हो।

यस्तै, खजुरा–२ का ६९ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो । होम आइसोलेसनमा बसेका उनलाई अस्पताल लैजाँदै गर्दा गएराति मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।

यस्तै, बैजनाथ गाउँपालिका–५ की ६२ वर्षीया महिलाको मंगलबार बिहान उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।

फोकल पर्सन ओलीका अनुसार नेपालगञ्ज–१० का ७० वर्षीय पुरुष र कैलालीको बर्दगोरिया–६ का ८० वर्षीय पुरुषको गएराति तथा धनगढी उपमहानगरपालिका-११ का ५५ वर्षीय पुरुषको मंगलबार बिहान नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४३ पुगेको छ ।