काठमाण्डौ महानगरपालिकाद्धारा निःशुल्क एम्बुलेन्स सेवा सुरु

बैशाख २१, काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।

कोरोना महामारीलाई मध्यनजर गर्दै महानगरले पाँच ठाउँमा जुनसुकै बेला पनि एम्बुलेन्स तयारी अवस्थामा रहने बताएको हो ।

ती एम्बुलेन्सले जनतालाई निःशुल्क सेवा दिनेछन् । एक सूचना निकालेर महानगरपालिकाले कोरोना सङ्क्रमणबाहेकका बिरामीहरूका लागि सञ्चालन गरिएको निःशुल्क एम्बुलेन्स सेवा लिन आग्रह गरेको हो ।

महानगरपालिकाले डिल्लीबजार, मैतीदेवी, कमल पोखरी, पुतलीसडक, थापाथली, त्रिपुरेश्वर, टेकु, न्युरोड, जमल, बबरमहल, नरदेवी, वीर अस्पताल, दरबार मार्ग, बागबजार, ठमेल लगायतका क्षेत्रका बिरामीका लागि राष्ट्रिय सभा गृहमा दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाएको छ ।