नायक पल शाहको सामाजिक कार्य : अक्सिजनका सिलिण्डर संकलन र वितरण गर्ने

वैशाख २१,काठमाडौं- म्युजिक भिडियो हुदै ठूलो पर्दा जमेका नायक पल शाह सामाजिक कार्य भन्न वित्तिकै भुतुक्कै हुन्छन् । उनी त्यसको लागि कहिले कर्णाली पुग्छन्, त कहिले सुदुरपश्चिम ।

अहिले कोरोना महामारी छ , उनलाई पनि सहयोग गरौ भन्ने सोच नआउने कुरै भएन ।

देशभर कोरोनाका विरामी उपचार नपाएर छटपटाइरहेको अवस्थामा उनले अक्सिन सिलिण्डरको अभाव कम गर्नका लागि अभियान सुरू गर्ने बताएका छन्।
अक्सिजन नपाएर समस्यामा परेका अस्पतालहरुलाई सहयोग गरिने शाहले बताए।

‘अक्सिजन नपाएर अस्पतालमा समस्यामा परेकाहरूलाई सहयोग गर्ने हो। हामी अक्सिजन सिलिण्डर जम्मा गर्दैछौं।

अहिले अक्सिजनत पाइएको छ तर सिलिण्डर पाइएको छैन,’ उनले भने, ‘हामीले थन्किएका सिलिण्डर जम्मा गर्ने अनि किन्ने पनि योजना बनाएका छौं। केही साथीहरू र विभिन्न संघ(संस्थासँग मिलेर पैसा जम्मा गर्छौं अनि किन्ने हो।’