अर्बपति बिल गेट्स दम्पतीले गरे सम्बन्ध विच्छेद

वैशाख २१ ,काठमाडौ-अमेरिकी धनाढ्य तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्सले सम्बन्ध विच्छेद गरेका छन् ।

उनले २७ वर्ष लामो बैबाहिक जीवनपछि आफ्नी पत्नी मेलिन्डा गेट्ससँग सम्बन्धविच्छेद गरेका छन्।

बिल र मेलिन्डाले सामाजिक सञ्जालमार्फत् वैवाहिक सम्बन्धलाई निरन्तरता नदिने निर्णयमा पुगेको जानकारी गराएका छन्।

उनीहरुको सन् १९९४ मा विवाह भएको थियो । उनीहरूका तीन सन्तान छन्।

बिल र मेलिन्डाले सामाजिक कार्य गर्नका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन पनि बनाएका छन्।

सम्बन्धविच्छेद भए पनि फाउन्डेसनमा उनीहरूले सँगै काम गर्ने बताएका छन्।