ललितपुरका प्रजिअ निरौलालाई कोरोना संक्रमण पुष्टि

वैशाख २१ , ललितपुर -ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नै कोरोनाबाट प्रभावित भएका छन् ।

कोरोना महामारीको समयमा अग्रमोर्चामा रहेर काम गरिरहेका ललितपुरका सिडियो ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उनले तीन दिनअघि स्टार अस्पतालमा पीसीआर परीक्षण गरेका थिए ।

आफूलाई कोरोनाको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिएका छन् ।

उनी जिल्ला प्रशासन कार्यालयकै क्वाटर आइसोलेसनमा छन् ।